काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकैदिन ठूलो छलाङ मारेको छ। बिहीबार सुनको भाउ प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, १० ग्राम सुनको मूल्य बढेर २ लाख ४७ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ।
महासंघका अनुसार चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ। एकैदिन सुनको मूल्यमा भएको ठूलो वृद्धिले नेपाली बजारमा सुनचाँदीको कारोबारलाई प्रभावित पार्ने देखिएको छ।
प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार








