- दशौं राष्ट्रिय खेलकुदको शारीरिक सुगठनमा रुकुमपश्चिमको चौरजहारीमा गण्डकी प्रदेश ४ स्वर्णसहित प्रथम भएको छ। आर्मी दोस्रो र बागमती तेस्रो हुँदा कर्णाली पदकविहीन रह्यो।

सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा भएको शारीरिक सुगठनमा चार स्वर्णसहित गण्डकी प्रदेश प्रथम भएको छ। प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी कुल ८ पदक प्राप्त गरेको छ।
त्यस्तै, तीन स्वर्ण, दुई रजत र चार कास्यसहित त्रिभुवन आर्मी क्लब (नेपाली आर्मी) दोस्रो तथा तीन स्वर्ण, पाँच रजत र दुई कास्य पदक हात पार्दै बागमती प्रदेश तेस्रो भएको छ। तीन स्वर्ण र एक रजतसहित सशस्त्र प्रहरी बल (एपीएफ) चौथो, दुई स्वर्ण, ६ रजत र तीन कास्य गरी कुल ११ पदकसहित लुम्बिनी प्रदेश पाँचौँ तथा दुई स्वर्ण, एक रजत र दुई कास्यसहित नेपाल पुलिस क्लब छैटौँ स्थानमा रहेका छन्।
यसैगरी, एक स्वर्ण, एक रजत र एक कास्यसहित कोशी प्रदेश सातौँ हुँदा एक रजत र एक कास्यसहित सुदूरपश्चिम प्रदेश आठौँ तथा दुई कास्यसहित मधेश प्रदेश नवौँ स्थानमा सीमित बनेका छन्। आयोजक कर्णाली प्रदेश भने पदकविहीन बनेको छ।






