२०८३ मंसिर १२ , शनिबार
दशौँ राष्ट्रिय खेलकुद २०८३

महिला बास्केटबलमा आर्मी र एपीएफ उपाधिनजिक, थ्री अन थ्रीमा आर्मी र कर्णाली भिड्ने

फुल कोर्टमा पुलिस र सुदूरपश्चिम बाहिरिए, दुवै विधाको फाइनल आइतबार


समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • दसौं राष्ट्रिय खेलकुदको महिला बास्केटबल फुल कोर्टमा आर्मी र एपीएफ तथा थ्री अन थ्रीमा कर्णाली र आर्मी फाइनलमा पुगेका छन्। दुवै विधाको फाइनल आइतबार हुनेछ।

सुर्खेत — दसौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा नेपाल आर्मी र एपीएफ शनिबार फाइनलमा प्रवेश गरेका छन्।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको सेमिफाइनलमा आर्मीले पुलिसलाई ४४–२८ ले पराजित गर्‍यो। आर्मीको जितमा अनिशा घलेले १३ अंक योगदान गरिन्। सुरुका तीन क्वाटरमा आर्मीले क्रमशः ९–६, १९–७ र ८–६ को अग्रता लिँदै जितको आधार खडा गरेको थियो। चौथो क्वाटरमा पुलिसले ९–८ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन।

अर्को सेमिफाइनलमा सोनी वाइबाको १७ अंक सहयोगमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ७४–१२ ले हरायो। पहिलो क्वाटरमा १६–१ को अग्रता बनाएको एपीएफले अन्तिमसम्म अग्रतालाई जोगाइराख्दै जित अन्तर फराकिलो बनायो। एपीएफले दोस्रो क्वाटरमा २३–२, तेस्रोमा २०–६ र चौथोमा १५–३ स्कोर गर्‍यो।

महिलाकै थ्री अन थ्री (३×३) मा कर्णाली प्रदेश र आर्मीले उपाधि भिडन्त पक्का गरे। कर्णालीले एपीएफमाथि ११–१० को कठिन जित दर्ता गर्‍यो। कर्णालीकी एन्जल गुप्ताले ५ स्कोर गरिन्। आर्मीले बागमती प्रदेशको चुनौती १५–४ ले पन्छायो। आर्मीकी दिब्यान्शा कार्कीले ७ अंक जोडिन्। दुवै विधाको फाइनल आइतबार हुनेछ।

 

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार