२०८३ साउन १ , शुक्रबार

युरो कपको क्वाटरफाइनलमा इग्ल्याण्ड र स्वीजरल्याण्डबिच प्रतिस्पर्धा हुँदै



युरो कप २०२४ को तेस्रो क्वाटरफाइनल खेलमा शनिबार इग्ल्याण्ड र स्वीजरल्याण्ड भिड्दै छन् । खेल नेपाली समय शनिबार राती ९:४५ बजे सुरु हुँदैछ।

इग्ल्याण्ड स्लोभाकियालाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो। स्वीजरल्याण्डले साबिक विजेता इटालीलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।

विश्व वरीयतामा इग्ल्याण्डभन्दा स्वीजरल्याण्ड १४ स्थान तल रहेको छ । इग्ल्याण्डलाई स्वीजरल्याण्ड विरुद्ध सहज भने हुने छैन। शनिबार राती १२ : ४५ बजे नेदरल्यान्ड्स टर्कीबिच चौथो क्वाटरफाइलनको खेलहुनेछ ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिबार