२०८३ साउन १ , शुक्रबार

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने: जिबी राई पक्रनुस्, फूलमालाले स्वागत गर्छौं



राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिबी राई पक्राउ गरेर ल्याए फूलमालाले स्वागत गर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभामा बोल्दै शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिबी राई पक्राउ गरेर ल्याउन आग्रह गरेका हुन्।

उनले भने, ‘मलाई मेरा गृहमन्त्रीज्यूबाट के माग्नु छैन, जिबी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा हामी फूलमालाले स्वागत गर्छौं। अरू केही गर्नु पर्दैन।’

प्रकाशित मिति : २०८१ असार २४ गते आइतबार