कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।

बैठक कांग्रेस संसदीय दलको कार्यालय नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अहिले बिहान बिहान ९ बजेका लागि बोलाइएको छ।

त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बस्ने छ। कार्यसमितिको बैठक बिहान ८ः३० बजे बस्ने छ।

बैठकमा आजको संसदमा कसरी प्रस्तुत हुने र पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *