कस्तो छ तपाईंको आजको राशिफल?

मेष राशिः विद्यार्थीहरुका लागि शैक्षिक यात्राको योग छ। जग्गासम्वन्धी काममा सामान्य फल प्राप्तिको योग छ। पारिवारिक सदस्यबीच शुभ सम्बन्ध रहने छ। कार्यमा रुचि बढ्ने देखिन्छ।

वृष राशिः पारिवारिक सदस्यहरुबाट जग्गा सम्बन्धी कार्य नगर्नु राम्रो हुने छ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। उदर रोग देखा पर्न सक्ने छ। अध्यनार्थीका लागि पढाईमा मन लाग्ने छ।

मिथुन राशिः साथीहरुसँग यात्रा हुने योग देखिन्छ। विद्यार्थीका लागि पढाईमा केही सुस्तता देखिन सक्छ। व्यापार व्यवसायमा केही अवरोध देखिन्छ। स्वास्थमा वाधा आउन सक्छ। भूमिक्रय र गृह निर्माणको योग छ।

कर्कट राशिः मित्रहरुबाट कार्यसिद्धि हुने समय छ। काम गर्दा विचार पु¥याएर गर्नु पर्नेछ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। सवारीसाधन जोड्न दिन छ।

सिंह राशिः नविन कार्यमा हात नहाल्नु राम्रो छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। आर्थिक व्ययको समय छ। स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ। भ्रातृत्व प्रेम सद्भाव रहनेछ। अध्ययनमा रुचि बढ्ने छ।

कन्या राशिः व्यवसायमा लगानीबाट लाभ कम हुनेछ। धार्मिक कार्यमा दिन शुभ छ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। यात्रामा शुभफल प्राप्त योग छ। प्रतिष्ठा र सम्मान मिल्ने दिन छ। समाजिक क्षेत्रमा सफलता छ।

तुला राशिः रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। यात्रा गर्नु पर्दा बिहानै गर्नु होला। धन व्यय हुने योग देखिन्छ। आफन्तसँग शुभ भेटघाट र कार्यमा सम्मान हुने छ। कला र साहित्य क्षेत्रमा रुचि बढ्ने छ।

वृश्चिक राशिः बोलीको प्रभाव देखिनेछ। राजनीतिक पद, जिम्मेवारी प्राप्त हुने छ। मित्रहरुबाट अर्थ लाभ हुने दिन छ। मेहनत गरे फल प्राप्त हुने देखिन्छ। अध्ययनमा सफलता मिल्ने छ।

धनु राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। वाणी सफल हुने योग छ। व्यापारमा आर्थिक लगानीहरु प्राप्त हुने देखिन्छ। कार्यमा प्रभुत्व बढाउन सफल भइने छ। राजनीतिमा सफलता मिल्ने छ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न सामान्य योग छ। अग्रजमा रोगहरणको समय छ। स्वदेश तथा विदेश यात्राको मध्यम योग देखिन्छ।

कुम्भ राशिः उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। जीवन साथीसँग प्रेम सद्भाव रहने छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। विद्यार्थीका लागि राम्रो दिन छैन।

मीन राशि: व्यापारमा शुभ फल प्राप्त हुनेछ। स्वास्थ्यमा केही खर्च हुने समय छ। राजनीतिमा सामान्य शत्रुबाधा हुन सक्नेछ। पारिवारिक सदस्यबीच शुभ सम्बन्ध रहने छ। अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *