उपत्यकाव्यापी ट्वान्टी-२० क्रिकेट जेठ १२ देखि

एनसिसिएस आमन्त्रमण उपत्यकाव्यापी ट्वान्टी-२० क्रिकेट प्रतियोगिता जेठ १२ देखि १९ गतेसम्म हुने भएको छ।

भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीले प्रतिस्पर्धा गर्नेछन्। आयोजक भक्तपुर जिल्ला क्रिकेट संघले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगिताका सम्पूर्ण खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन्। पुरुषमा भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोटर्स इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन्।

पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ। यो डबल राउन्ड रोबिनका आधारमा हुनेछ र लिगका शीर्ष दुई टोलीले उपाधि यात्रा तय गर्नेछन्।

महिला र पुरुष दुवैतर्फका विजेताले समान २५ हजार र उपविजेताले १५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलका प्लेअर अफ दी म्याचले समान १५ सय पुरस्कार पाउनेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *