२०८३ असार १८ , बिहीबार

उपेन्द्र यादवले दिएको रिटमा आज पेशी



जनता समाजवादी पार्टी, नेपालले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी तोकिएको छ।

जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानको प्रक्रियामा र अन्य संसदीय गतिविधिमा पनि रोक लगाउन माग गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतवार रिट दायर गरेका थिए।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार उक्त रिटमा आज सुनुवाइका लागि पेशी तोकिएको छ।

यसअघि यादवले आफ्नो दल छाडेर गएका सांसद र नेताहरुले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको थियो।

प्रकाशित मिति : २०८१ जेठ ७ गते सोमबार