चार महिनामा १११ जना पक्राउ

गत साता १५ पुरिया तथा तीन ग्राम लागूऔषध ब्राउन सुगरसहित जिल्लाको शारदा नगरपालिका–१ श्रीनगर निवासी २१ वर्षीय प्रज्ज्वल केसी, २४ वर्षका नुर आलम, २६ वर्षीय सुरज रोका एवं प्यूठानको मल्लरानी गाउँपालिका–२ घर भई अहिले श्रीनगरमा बसोबास गर्दै आएका २४ वर्षीय सन्दीप नेपालीलाई प्रहरीले पक्राउ ग¥यो । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
यस्तै बन्गाड कुपिण्डे नगरपालिका–९ दर्शनटाकुरी सामुदायिक वनमा अवैध रुपमा सल्लाको काठ काटिरहेका ४२ वर्षका हस्तबहादुर बुढाथोकीलाई प्रहरीले शुक्रबार १ सय १० क्युफिट काठसहित पक्राउ गरेको छ । पक्राउ परेका बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
साउनदेखि कार्तिक तेस्रो सातासम्म सल्यानमा प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा विगत केही वर्षदेखि फरार र विभिन्न अपराधमा संलग्न १११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रमुख डा. हेमबहादुर केसीले विगतदेखि नै फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका ५२, अनुसन्धानमा रहेका १४, जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका २ सहित ७१ र तीन महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा एक, जबरजस्ती करणीको आरोपमा सात, बैंकिङ कसुरका दुई, सवारी ज्यानका तीन, बहुविवाह मुद्दाका एक, ज्यान मार्ने उद्योगका पाँच, अभद्र व्यवहारका सात, लागूऔषधका ६, जुवा खेलेको आरोपमा ६, हातहतियार तथा खरखजाना मुद्दामा एक र सामुदायिक वनमा अवैध रूपमा काठ कटानीमा संलग्न एक जना गरी ४० जना प्रक्राउ परेको बताए ।
विभिन्न अपराधमा पक्राउ परेकामध्ये सबैलाई कारबाही प्रक्रिया अगाडि बढाइएको र केही धरौटी, तारेखमा छुटेको उनले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *