हतियारसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय जाजरकोटले अवैध रुपमा लुकाएर राखिएको हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारेकोट गाउँपालिका– १ बयाला बस्ने वर्ष २३ का दीपेन्द्र बस्नेत रहेका छन् । बस्नेतले आफ्नो साथमा गैरकानूनी रुपमा हातहतियार राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारेकोटबाट खटिएको प्रहरी टोलीले उनको घर तथा टहरा खानतलासी गरेको थियो ।
त्यसक्रममा बस्नेतको अस्थायी टहराभित्र रहेको खरको मुठा मुनि लुकाई छिपाई राखेको अवस्थामा १ थान एयरगन फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीरकुमार खड्काले जानकारी दिए ।
प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिई हातहतियार खरखजना सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका बस्नेतलाई बिहीबार जिल्ला अदालत जाजरकोटबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *