२०८३ जेठ १२ , मंगलबार

वर्षाै पछि हिल्सा सडक स्तरोन्नति हुँदै



हुम्ला । कर्णाली कोरिडोर अन्तर्गत सिमकोट–हिल्सा सडकखण्डमा पर्ने सिमकोट गाउँपालिका–५ र ६ को मानसरोवर माध्यमिक विद्यालयदेखि लाग्नासम्म सडक स्तरोन्नति कार्यले तीव्र गति लिएको छ । लामो समयदेखि रोकिएको काम स्थानीय जग्गाधनीको सहमतिपछि पुनः अगाडि बढाइएको हो । सात वर्षअघि ट्र्याक खोलिए पनि साँघुरो सडकका कारण सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको थियो ।

यस वर्ष भने दुवैतर्फका स्थानीयले सडक विस्तारका लागि सहमति जनाएपछि निर्माण कार्यले गति लिएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए । हाल सडक चौडा पार्ने काम तीव्र रूपमा भइरहेको छ भने ग्याबिन पर्खाल निर्माण पनि जारी छ ।

उक्त सडकलाई आठ मिटर चौडाइमा विस्तार गर्ने लक्ष्य राखिएको छ । अहिलेसम्म परियोजनाले ३० प्रतिशत भौतिक र १३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार