वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आज बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । प्रदेश स्थापना दिवस तथा सहिद दिवस, २०८३ को अवसरमा उक्त बिदा दिने निर्णय गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी सूचना अनुसार भाद्र ४ गते कर्णाली प्रदेशभरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ-संस्थाहरूमा सार्वजनिक बिदा रहनेछ ।
प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/१२/२४ को निर्णय अनुसार यो बिदा तोकिएको र सोही बमोजिम सर्वसाधारण तथा सम्बन्धित सबैको जानकारीका लागि प्रदेश सचिव लक्ष्मी कुमार वि.क. द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार








