२०८३ असोज १८ , आइतबार

राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी सुर्खेतकाे अध्यक्षमा पंगेनी



सुर्खेत । राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सुर्खेतको २८औँ वार्षिक साधारणसभाले कृष्णप्रसाद पंगेनीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ।

शनिबार वीरेन्द्रनगरमा सम्पन्न साधारणसभाले पंगेनीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा रामचन्द्र गौतम, सचिवमा खेमराज उपाध्याय र कोषाध्यक्षमा प्रकाश खड्का चयन भएका छन्। सदस्यहरूमा मयाराम शर्मा, पार्वती पाण्डे, निर्मला भट्टराई, पद्मा कुमारी कार्की र नरबहादुर सार्की रहेका छन्।

त्यस्तै, साधारणसभाले लेखा सुपरिवेक्षण समितिसमेत सर्वसम्मत चयन गरेको छ। समितिको संयोजकमा चन्द्रप्रकाश कंडेल तथा सदस्यमा राजन कुमार तिवारी र अर्चना शर्मा चयन भएका छन्।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार