२०८३ असार २० , शनिबार

राष्ट्रपतिले संविधानलाई थोरै क्षति गरेर भए पनि देशलाई निकास दिनु भएको छ : शेखर कोइराला



 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई थोरै क्षति गरेर भए पनि देशलाई निकास दिनु भएको  बताएका छन्  । शनिबार विराटनगरस्थित कोइराला निवासमा आज पत्रकार सम्मेलन आयोजना गरी कोइरालाले भने, “राष्ट्रपतिले संविधानलाई थोरै क्षति गरेर भए पनि देशलाई निकास दिनु भएको छ । अब चुनावमा जानुको विकल्प छैन ।” नेता कोइरालाले चुनावको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह समेत गरे । उनले कोइराला निवासबाट फेरि उठेर लोकतन्त्रका लागि अग्रसर हुने बताए । उनले  कोइराला निवास जलेर पनि लोकतान्त्रिक पद्धति बसाल्न गरेको योगदान कायम रहने बताए  ।
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिबार