२०८२ चैत १२ , बिहीबार

गुणस्तरीय शिक्षामा प्रदेश सरकारको जोड



सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी दस वर्षका लागि तयार पारिरहेको शिक्षा सुधार योजना अन्तिम चरणमा पुगेको छ । सामाजिक विकास मन्त्रालयले शैक्षिक वर्ष २०८२÷८३ देखि २०९१÷९२ सम्म लागू हुने दीर्घकालीन योजना छिट्टै कार्यान्वयनका लागि पेश गर्ने तयारी गरेको जनाएको छ ।

शैक्षिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काका अनुसार योजना मार्फत ज्ञान, सीप र सकारात्मक सोचयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसले कर्णालीलाई विकासोन्मुख प्रदेशको रूपमा स्तरोन्नति गर्न टेवा पु¥याउने अपेक्षा गरिएको छ । योजनामा उच्च शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा विस्तार, सबै नागरिकका लागि साक्षरता तथा जीवनपर्यन्त सिकाइको अवसर सुनिश्चित गर्ने नीति समावेश गरिएको छ ।

साथै, शैक्षिक क्षेत्रलाई भय, विभेद र दुव्र्यवहारमुक्त बनाएर सुरक्षित, समावेशी र प्रविधिमैत्री वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले योजना कार्यान्वयनले शिक्षा क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन स्पष्ट मार्गचित्र प्रदान गर्ने विश्वास व्यक्त गर्दै आगामी बजेटमा प्राथमिकता दिने जानकारी दिए । मन्त्री भण्डारीका अनुसार योजना सफल हुन शिक्षक, विद्यार्थी, अभिभावक, शैक्षिक संस्था र सरकारबीच सहकार्य अपरिहार्य छ ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार