सुर्खेत । नेपाल बजार बिक्री प्रतिनिधि संघ कर्णाली प्रदेश इकाई समिति सुर्खेतको आयोजनामा कम्पनी प्रतिनिधिहरूबीच भेटघाट तथा खिर खाने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कर्णाली प्रदेशभर कार्यरत विभिन्न कम्पनीका बिक्री तथा मार्केटिङ प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आपसी परिचय, अनुभव आदानप्रदान तथा व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरेका थिए ।
सुर्खेत इकाइका अध्यक्ष विवेक खड्काका अनुसार कार्यक्रमको उद्देश्य कम्पनी प्रतिनिधिहरूबीच संगठनात्मक एकता, आपसी सहकार्य र व्यवसायिक सम्बन्धलाई थप प्रभावकारी बनाउनुका साथै पारस्परिक सम्बन्धलाई मजबुत बनाउनु रहेको छ ।
साथै, यस्ता कार्यक्रमले प्रतिनिधिहरूबीच सहकार्य र समन्वय बढाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार





