समाचार सारांश
- बालेन शाह आज प्रधानमन्त्री बन्दै शपथ लिने तयारीमा छन्, र उनलाई रास्वपाले संसदीय दलको नेता चयन गरिसकेको छ।
- शपथलगत्तै बस्ने पहिलो मन्त्रिपरिषद् बैठकमै विभिन्न सुधारका महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरिएको छ।
- प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै बलियो बहुमत नजिक पुगेको पृष्ठभूमिमा नयाँ सरकार गठन हुन लागेको हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज प्रधानमन्त्री बन्दैछन् ।

यसका लागि रास्वपाको हिजाे बसेको संसदीय दलको बैठकले बालेनलाई दल नेता समेत बनाइसकेको छ । १२:३४ बजेको समयमा प्रधानमन्त्रीको शपथ लिन लागेका बालेनले पहिलो मन्त्रिपरिषद्९क्याबिनेट० बैठक मै महत्त्वपूर्ण निर्णय गर्न लागेका छन् ।
उनले थुप्रै सुधारका कार्यक्रमहरूबारे निर्णय गर्न लागेका हुन् । यसका लागि केही दिन अगाडि नै उनले सबै मन्त्रालयका सचिवहरूसँग सुधारका योजनाहरू माग गरेको समेत पाइएको छ।
स्रोतका अनुसार बालेनको निर्देशनमा मुख्य सचिव सुमनराज अर्यालले सचिवहरूलाई पत्राचार गर्दै ५–५ सुधारका योजना पठाउन भनिएको थियो।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिक १८२ को सिट प्राप्त गरेको थियो ।
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार








