२०८२ चैत १९ , बिहीबार

इनिशा विक प्रकरण, चार नाबालक पुर्पक्षका लागि थुनामा



सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा पक्राउ परेका चार जना नाबालकलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत सुर्खेतका बाल इजलासका न्यायाधीश दीपक ढकालले उक्त आदेश जारी गर्दै अनुसन्धान पूरा नहुँदासम्म चारै जना बालकलाई थुनामै राखेर मुद्दा अघि बढाउन निर्देशन दिएका हुन् ।

अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ । अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार घटनाको गम्भीरता तथा प्रारम्भिक प्रमाणका आधारमा यस्तो निर्णय गरिएको हो ।

इनिशा विक गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गर्दै चार जना नाबालकलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार