२०८३ जेठ ४ , सोमबार

कर्णालीमा स्याउ विकास बोर्डबारे छल



सुर्खेत ।  कर्णाली प्रदेश सरकारले स्याउ उत्पादन र बजारीकरणलाई व्यवस्थित बनाउन “प्रदेश स्याउ विकास बोर्ड” स्थापना गर्ने विषयमा छलफल सुरु गरेको छ । यसका लागि साविक कर्णालीका प्रदेशसभा सदस्यहरूसँग परामर्श थालिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिएका छन् ।

मन्त्री शाहका अनुसार “कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथि सरोकारवालाबाट सुझाव सङ्कलन गर्ने काम भइरहेको छ ।  छलफलका क्रममा यसलाई किसानमैत्री बनाउने र जनजीविकासँग जोड्ने विषयमा सुझावहरू प्राप्त भएको उनले बताए । छलफलमा डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालिकोटका प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको थियो ।

स्याउ उत्पादन हुने जिल्लाहरूमा बर्सेनि सडक अवरुद्ध र ढुवानी समस्या कारण किसानको उत्पादन क्षति हुँदै आएको भन्दै त्यसको समाधानका लागि बोर्ड आवश्यक भएको मन्त्री शाहले बताए । उनका अनुसार स्याउ उत्पादन हुने क्षेत्रमा स्थलगत अध्ययनसमेत भइसकेको छ । नयाँ बोर्ड गठनपछि उत्पादन, भण्डारण, बजारीकरण र मूल्य सुनिश्चिततामा सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ३ गते आइतबार