सुर्खेत । कर्णाली प्रदेश अन्तरविद्यालय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उषा बाल बाटिका।मावि सुर्खेत ले जितेको छ ।

शनिबार भएको रोमाञ्चक खेलमा उषा बाल वाटिका ले विजय मावि दैलेख लाई ६ रनले पराजित गर्दै। उपाधि उचालेको हो । वीरेन्द्रनगर मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको विजयामाविले उषा बाल वाटिकालाई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९६ रनमा सीमित गरेको थियो।
उषा बाल वाटिकाका बिशाल सिंह ले सर्वाधिक २२ रन बनाए भने प्रदीप सिंह १७ रनमा अविजित रहे। विजया माविका कलम शाही ले किफायती बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए।
९७ रनको लक्ष्य पछ्याएको विजया माध्यमिक विद्यालय १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो। टोलीका लागि बिजय बोहोरा ले ३२ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन्।
उषा बाल वाटिकाको जितमा लक्ष्मण शाह नायक बने। उनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएर मात्र १२ रन खर्चिए।
योगेश आचार्य ले पनि २ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण योगदान दिए।।जितसँगै उषा बाल वाटिकाले राष्ट्रिय स्तरको प्रतियोगितामा कर्णाली को प्रतिनिधित्व गर्नेछ। ।







