२०८३ साउन १८ , सोमबार

सुर्खेतमा ब्राउनसुगरसहित एक जना पक्राउ



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले वीरेन्द्रनगरबाट भारी मात्रामा लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो प्राप्त गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ बाट ३० वर्षीय प्रकाश कँडेललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक  विष्णु बहादुर बुढाको कमान्डमा खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ हवल्दार गगन बहादुर नेपालीको संयुक्त टोलीले कँडेलको कोठामा छापा मारेको थियो ।

सो क्रममा निज कडेलको कोठाबाट १ पोका र ९ पुडिया गरी शुद्ध तौल १० ग्राम ६५० मिलिग्राम लागूऔषध ब्राउनसुगर (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ ।

लागूऔषधसहित नियन्त्रणमा लिइएका कँडेललाई हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार