२०८२ चैत १९ , बिहीबार

सुर्खेत–सिमकोट उडान पुनः सञ्चालन



हुम्ला । लामो समयदेखि अवरुद्ध रहेको सुर्खेत–सिमकोट हवाई सेवा नेपाल एयरलाइन्सले पुनः सञ्चालनमा ल्याएको छ । सोमबारबाट नियमित उडान सुरु भएसँगै यात्रुहरूले राहत महसुस गरेका छन् । यसअघि विभिन्न कारणले पटक–पटक उडान रद्द हुँदै आएकोमा सोमबार सफलतापूर्वक उडान सम्पन्न भएको हो ।

नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख छिरिङ लामाका अनुसार सुर्खेतबाट सिमकोटतर्फ १३ जना र सिमकोटबाट सुर्खेततर्फ १२ जना यात्रुले सेवा लिएका छन् ।
पछिल्लो एक महिनाभन्दा बढी समयदेखि काठमाडौँबाट जहाज उपलब्ध नहुनु र खराब मौसमका कारण उडान प्रभावित हुँदै आएको थियो । जसका कारण स्थानीय बासिन्दा र यात्रुहरू समस्यामा परेका थिए ।

यसैदिन नेपाल एयरलाइन्सले नेपालगन्ज–सिमकोट उडान पनि नियमित तालिकाअनुसार सञ्चालन गरेको जनाएको छ । नियमित हवाई सेवा पुनः सुरु भएसँगै हुम्ला जिल्लाको आवतजावत र आपूर्ति व्यवस्थामा सहजता आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार