सुर्खेत। सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) को सुर्खेत जिल्लास्तरीय बैठकले कर्णाली प्रदेश तथा जिल्ला भेला आयोजना गर्ने निर्णय गरेको छ । मिति २०८३ वैशाख ५ गते बसेको बैठकले आगामी जेठ १६ गते वीरेन्द्रनगरमा अधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको हो।

प्रतिष्ठानका जिल्ला अध्यक्ष मदनकृष्ण सुवेदीको अध्यक्षता तथा शुकल्प राष्ट्रिय समितिका उपकुलाधिपति कमलापति सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले नयाँ कार्यसमिति चयनका लागि अधिवेशन गर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा प्रदेश तथा जिल्ला भेला सम्बन्धी प्रस्तावमाथि छलफल गर्दै अधिवेशन सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा आयोजना गर्ने तय गरिएको हो । उक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने तयारी गरिएको प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी, बैठकले अधिवेशन सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक आर्थिक स्रोत जुटाउने निर्णय पनि गरेको छ । आर्थिक व्यवस्थापनका लागि विशेष योजना तयार गरी विभिन्न माध्यमबाट रकम सङ्कलन गर्ने निर्णय पारित गरिएको हो ।
प्रतिष्ठानका पदाधिकारीहरूका अनुसार अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी सुरु गरिनेछ। साथै कर्णाली प्रदेशभरका सुवेदी सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।








