२०८३ साउन २८ , बिहीबार

सर्पले डसेर सुर्खेतमा ५८ वर्षीया महिलाको मृत्यु



सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा सर्पले डसेपछि उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ। चौकुने गाउँपालिका–१० चालिखेकी ५८ वर्षीया देउमा कामीलाई बुधबार बिहान भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेको थियो ।

सर्पदंशपछि उनलाई उपचारका लागि  प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको थियो । अस्पतालमा बिहान १० बजे चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार