सम्पादकीयः खेलकुद गतिविधिमा सहयोग खै ?

सुर्खेत

कर्णालीमा निर्माणाधिन रंगशालाले अहिले नेपालभरको ध्यान आकर्षण गरेको छ । कर्णाली जस्तो भूगोलमा खेलकुदका पूर्वाधारको निर्माण हुनु गर्वको विषय हो । यहाँ वीरेन्द्रनगरमा रंगशाला मात्र होइन, अन्य जिल्लामा समेत खेलकुदका पूर्वाधार निर्माण प्रक्रियामा छन् । तर ठुलाखाले मात्र पूर्वाधारको निर्माणमा ध्यान दिईरहेको कर्णालीले भने वडा स्तर तथा स्थानीय स्तरमा खेलकुदका पूर्वाधार निर्माणमा भने त्यति ध्यान दिएको छैन । खेलकुदको विकासका लागि स्थानीय स्तर निकै महत्वपूर्ण पक्ष हो । खेलाडी निर्माणका लागि उसको बालापनमा नै पूर्वाधारमा पहुँच पुगेको हुनुपर्छ । अनि मात्र हामीले राम्रो खेलाडी पाउन सक्छौ ।

अहिले कर्णालीका वडा स्तरमा खेलकुदका पूर्वाधारहरु छैनन् । उदाहरणका लागि वीरेन्द्रनगरकै कुरा गर्ने हो भने, यहाँ बालबालिकाका लागि खेल मैदानको अभाव देखिन्छ । वीरन्द्रनगर नगरपालिकाले शहरी क्षेत्रमा खेल मैदान निर्माणका लागि पार्कको व्यवस्था गरेपनि गाउँमा भने यसको व्यवस्थापन भएको देखिदैन । भएका पार्कहरुमा समेत खेलकुदका लागि व्यायाम, योग तथा बालबालिकालाई सामान्य खेलहरुका पूर्वाधारको निर्माण गरिएको छ । तर यो प्रयाप्त भने होइन । यसका लागि सम्बन्धित पालिका पहिलो जिम्मेवार तह हो । पालिकाले स्थानीय स्तरमा नै खेलकुदका पूर्वाधार निर्माण गरेका छैनन् । कुनैपनि खेलाडी उत्पादनका लागि पहिलो, उसले आफ्नो घर छेउमा खेलमैदान जस्ता खेलकुदका पूर्वाधार पाउनुपर्छ । अनि मात्र उ खेलमा व्यस्त हुन सक्छ ।

पालिकाका वडा कार्यालयले समेत खेलकुदका पूर्वाधार निर्माणका विशेष ध्यान दिनुपर्छ । वडामा भईरहेकका खेलकुदका गतिविधिलाई सघाउँपर्छ । बालबालिकाहरु रित्ता खुट्टा विद्यालयका मैदानमा विहान–विहान दौडिरहेका छन् । उनीहरुलाई सघाउँ पु¥याउनेगरी वडाले ध्यान दिनुपर्छ, सो अनुसारका पूर्वाधारमा सहयोग गर्नुपर्छ । यसो भएन भने हामीले राम्रो सम्भावना भएका बालबालिकालाई समेत खेलकुद क्षेत्रमा पाउन सक्दैनौँ । उनीहरुले यो क्षेत्र परिवर्तन गर्न वाध्य हुनेछन् । पालिकाले आफ्ना बजेटमा भएका खेलकुदका कार्यक्रमलाई स्थानीय स्तरसम्मै समानुपातिक रुपमा लैजानुपर्छ । त्यसैले खागरी वडा र पालिकाले स्थानीय स्तरमा खेलकुदका पूर्वाधार निर्माण र खेलकुद गतिविधिमा सहयोग पु¥याउन जरुरी छ ।

अन्य समाचार

+ There are no comments

Add yours