काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ । पछिल्लो तीन दिनमा सुनको भाउ प्रतितोला ७ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँ कायम गरिएको छ । यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो । पछिल्लो तीन दिनको मूल्य तुलना गर्दा सुन प्रतितोला ७ हजार रुपैयाँ सस्तिएको देखिन्छ ।
चाँदीको मूल्य पनि घट्यो
सुनसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । मूल्य घटेपछि चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार यसको मूल्य प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको थियो । पछिल्लो तीन दिनमा चाँदीको मूल्यसमेत प्रतितोला १८५ रुपैयाँले घटेको छ । सुनचाँदीको मूल्यमा आएको यो गिरावटसँगै नेपाली बजारमा दुवै धातुको कारोबार मूल्य घटेको छ ।








