काठमाडौं । नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा पावर बैंक साथमा लैजान नपाउने भएका छन् ।
नेपाल एयरलाइन्सले सूचना जारी गर्दै भारततर्फ र भारतबाट सञ्चालन हुने उडानमा पावर बैंक बोक्न प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । भारतको नागरिक उड्डयन महानिर्देशनालय ९डीजीसीए० ले जारी गरेको सर्कुलरअनुसार यस्तो व्यवस्था लागू गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । नयाँ व्यवस्थाअनुसार भारत जाने वा भारतबाट आउने कुनै पनि उडानमा यात्रुले क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोमार्फत पावर बैंक लैजान पाउने छैनन् ।
यसअघि पावर बैंक बोक्ने विषयमा अपनाइँदै आएको व्यवस्थामा परिवर्तन भएपछि नेपाल–भारत हवाई यात्रामा जाने यात्रुले यात्रा गर्नुअघि नयाँ नियमबारे जानकारी लिनुपर्नेछ ।
प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार








