२०८३ असोज २८ , बुधबार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सम्पन्न, अनुमोदनको निर्णय हुन बाँकी



 काठमाडौं । विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सकिएको छ । सुनुवाइ प्रक्रिया पूरा भए पनि उनीहरूलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा भने निर्णय हुन बाँकी छ ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई सिफारिस गरेको थियो ।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठको नाम प्रस्ताव गरिएको थियो । यसैगरी, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ । १३ जनाकै संसदीय सुनुवाइ प्रक्रिया पूरा भइसकेको भए पनि उनीहरूको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा निर्णय हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार