२०८३ भदौ १२ , शुक्रबार
भोटेकोशीको प्रलय

कर्णालीका १८५ नागरिक सम्पर्कविहीन

उद्धार तथा खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका हजारौँ सुरक्षाकर्मी परिचालन गरिएका छन् । बाढीले सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । नदी थुनिएर बनेको ताल फुट्न सक्ने जोखिम कायमै रहेकाले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।


सुर्खेत । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीमा परी कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट रोजगारी तथा कामका लागि रसुवा, नुवाकोट र त्रिशूली क्षेत्र पुगेका १८५ जना अझै सम्पर्कविहीन छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार सुरुमा सम्पर्कविहीन भनिएका २१६ जनामध्ये ३१ जना बिहीबारसम्म सम्पर्कमा आएका छन् । बाँकी १८५ जनाको खोजी भइरहेको छ ।

जुम्लाका सबैभन्दा धेरै सम्पर्कविहीन

प्रदेश प्रहरी कार्यालयको विवरणअनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै जुम्लाका ७० जना छन् । सल्यानका ४८, सुर्खेतका १६, मुगुका १३, रुकुम पश्चिमका १२, हुम्लाका ९, दैलेखका ७, कालिकोटका ६ तथा जाजरकोट र डोल्पाका २–२ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा १५३ पुरुष, २५ महिला, चार बालक र तीन बालिका छन् । आफन्तको आग्रहपछि प्रहरीले उनीहरूको खोजी तथा उद्धारका लागि केन्द्रीय प्रहरी कार्यालयसहित सम्बन्धित निकायमा पत्राचार गरेको जनाएको छ ।

बाढीमा चार सय बढीको शव फेला

रसुवाको भोटेकोशीबाट त्रिशूली नदी हुँदै आएको बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म चार सय धेरै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बिहीबार रातीसम्मको विवरणअनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, गोरखामा ३०, चितवनमा १३२, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेका छ, यस्तै अन्यको पहिचान हुन बाँकी छ । बाढीमा परी घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २२ तथा अन्य अस्पतालमा समेत घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

करिव सात सय पर्यटक अझै सम्पर्कविहीन

भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका पर्यटकको संख्या पनि ठूलो देखिएको छ । पर्यटन विभागका अनुसार आन्तरिक तथा बाह्य गरी ६६८ भन्दा धेरै पर्यटक सम्पर्कविहीन छन् । तीमध्ये ३२७ महिला छन् । सम्पर्कविहीन विदेशी पर्यटकमा १७८ भारतीय, ६५ अमेरिकी, ३५ अस्ट्रेलियन र २५ क्यानडेली नागरिक छन् । बाँकी १२७ जना नेपाली पर्यटक रहेको विभागको तथ्याङ्क छ ।

४१ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक ध्वस्त

बाढीले सडक तथा पुलमा समेत ठूलो क्षति पु¥याएको छ । करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ४१ वटा पुलमा क्षति पुगेको सरकारी विवरण छ । वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक प्रभावित भएको छ । गल्छीदेखि त्रिशूलीसम्मको सडकसमेत अवरुद्ध छ ।

पृथ्वीराजमार्गको केही खण्ड लेदोले पुरिएकाले सडक खुलाउन उपकरण परिचालन गरिएको छ । सरकारले पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने लक्ष्य राखेको छ । त्यसका लागि बेलिब्रिज जडानको तयारी भइरहेको छ । सडक खुलाउन सरकारी तथा निजी क्षेत्रका गरी २० वटा उपकरण परिचालन गरिएको जनाइएको छ ।

नदी थुनिएर बनेको तालबाट अझै जोखिम

बाढीको जोखिम तत्काल समाप्त नभएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । चीनतर्फबाट प्राप्त भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणअनुसार बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्दै गएकाले फुट्ने जोखिमसमेत रहेको जनाइएको छ । महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

चार हजारभन्दा बढी सुरक्षाकर्मी उद्धारमा

विपद्मा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना व्यापक रूपमा परिचालन भएका छन् । नेपाली सेनाका अनुसार बिहीबारसम्म ६०२ जनालाई हवाइ माध्यमबाट र करिब २०० जनालाई जमिनबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ५० जना विदेशी नागरिकसमेत छन् । उद्धार तथा उपचारका लागि त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र स्थापना गरिएको छ । सैनिक चिकित्सकसहितको मेडिकल टोलीले ३३८ जना घाइतेलाई उपचार प्रदान गरेको छ । खोज तथा उद्धारलाई प्रभावकारी बनाउन ड्रोन र सैनिक कुकुरसमेत परिचालन गरिएको छ ।

४१ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक ध्वस्त

बाढीले सडक तथा पुलमा समेत ठूलो क्षति पु¥याएको छ । करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ४१ वटा पुलमा क्षति पुगेको सरकारी विवरण छ । वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक प्रभावित भएको छ । गल्छीदेखि त्रिशूलीसम्मको सडकसमेत अवरुद्ध छ । पृथ्वीराजमार्गको केही खण्ड लेदोले पुरिएकाले सडक खुलाउन उपकरण परिचालन गरिएको छ ।

सरकारले पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने लक्ष्य राखेको छ । त्यसका लागि बेलिब्रिज जडानको तयारी भइरहेको छ । सडक खुलाउन सरकारी तथा निजी क्षेत्रका गरी २० वटा उपकरण परिचालन गरिएको जनाइएको छ ।

सुरक्षाकर्मीको सुविधा बढाउने निर्णय

विपद्को समयमा ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जनशक्तिको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णयसमेत गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले उनीहरूको सेवा–सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो । यसैबीच प्रधानमन्त्री बालेन शाह बाढीबाट भएको क्षति तथा उद्धार कार्यको अवस्थाबारे जानकारी लिन नुवाकोटको विदुर पुगेका छन् । उनले प्रशासन तथा सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिइरहेका छन् ।

लफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी छन् ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार